जित-हारलाई स्वाभाविक रुपमा लिनुपर्छ : अध्यक्ष दाहाल

चितवन, ३० बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् ।

मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । उनले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको पनि उनले बताए । जिते पनि, हारे पनि नतिजा स्वीकार गर्ने उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com