पैसाको बिगबिगी रोक्न निर्वाचन आयोग असफल : अध्यक्ष नेपाल
रौतहट, ३० बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटबाट मतदान गरेका छन् ।
रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।
उनले भने, ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, ’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ।’