आज काठमाडौँका सडक सुनसान
काठमाडौँ, ३० वैशाख । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौँ उपत्यकाका सडकहरु सुनसान छन् ।
निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् ।
सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ ।
मतदान आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने छ । सडकहरुमा सुरक्षाकर्मीले पेट्रोलिङ, गस्ती गरिरहेका छन् ।