देउवाको गृहनगरमा दोब्बर मतले एमालेको सानदार जीत

काठमाडौँ, ३१ बैशाख । पाँच दलीय गठबन्धन गरी एमाले विरुद्ध स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल होमिए पनि नतिजा भने त्यसको ठिक उल्टो देखिन शुरुवात गरेको छ ।

मुलुकभरको प्रारम्भिक नतिजा तथा केहीमा विजयी नतिजा हेर्दा एमालेले गठबनधनलाई पछाडि पार्ने संकेत देखिएको छ । हालसम्म एमालेले तीन गाउँपालिकामा सानदारका साथ गठबन्धनलाई हराएको छ भने कांग्रेसले एक गाउँपालिकामा खाता खोलेको छ । गठबन्धनका अन्य दलहरुले भने खाता समेत खोल्न सकेका छैनन् ।

यस्तै कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बुढानिलकण्ठ वडा नं. १ मा एमालेको तर्फका वडाध्यक्षदेखी वडा सदस्यमा पुरै प्यानलै विजयी भएको छ । जसमा वडाध्यक्षमा ८४५ मत प्राप्त गरी एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेसले ४७४ मतमात्र प्राप्त गरी चित्त बुझाएको छ । त्यस्तै सदस्यहरुमा पनि दोव्वर मतका साथ एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा एमालेले ८३० मत प्राप्त गरेको छ भने कांग्रेले४८५ मत प्राप् गरेको छ । त्यस्तै दलित सदस्यमा एमालेले ८३२ मत प्राप्त गरेको छ भने कांग्रेसले ४६१ मत प्राप्त गरेको छ । त्यस्तै खुल्ला दुई सदस्यमा एमालेले ८०२ तथा ७७६ मत प्राप्त गरेको छ भने कांग्रेले ४५८ र ४७९ मतमात्र प्राप्त गरी चित्त बुझाउनु परेको छ । उक्त वडामा कांग्रेस क्लीन स्वीप भएको छ ।

उक्त नगरपालिकामा हालसम्मको नजिता अनुसार मेयरमा एमालेको तर्फबाट ७७८ मत प्राप्त भएको छ भने कांग्रेसले ४२८ मत प्राप्त गरेको छ । त्यस्तै उपमेयर पदमा एमालेले ८१२ मत प्राप्त गरेको छ भने कांग्रेसले ४५३ मत प्रनाप्त गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com