गठबन्धनका उम्मेदवारलाई हराउँदै मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी

मनाङ, ३१ बैशाख । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याएका छन ।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com