१७ पालिकाको मतपरिणाम आउँदा अघि लाग्यो कांग्रेस (सूचीसहित)
काठमाडौँ, १ जेठ । वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ।
सात सय ५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन् । नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेका छन् ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु:
मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
नेकपा एमाले विजयी भएका पालिकाहरु:
मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र:
डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी