गुल्मीदरवार गाउँपालिका अध्यक्ष कांग्रेसका थापा निर्वाचित

गुल्मी, १ जेठ । गुल्मीको गुल्मीदरवार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित सरोज थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा तारा थापाले ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए । उपाध्यक्षमा एमाले उम्मेदवार सुशिला पुनले ५ हजार ५८९ मत ल्याएकी छन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com