सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन घट्यो

काठमाडौँ, १ जेठ । सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन उल्लेख्य घटेको छ। चैत महिनाको तुलनामा वैशाखमा २९ अर्ब रुपैयाँ बराबरले राजस्व घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

आयात कडाइले केही वस्तुको आयातलाई कम गरे पनि राजस्वमा त्यसको असर देखिएको महालेखाले जनाएको छ। सरकारले चैत महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । तर, राजस्वको आधा हिस्सा धानेको आयातमा नियन्त्रण हुँदा वैशाख महिनामा ७६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यससँगै सरकारले वैशाख मसान्तसम्ममा लक्ष्यको ७३.३ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सरकारले शतप्रतिशत राजस्व सङ्कलन गर्न हरेक महिना १ खर्ब ५७ अर्ब बरावरको राजस्व सङ्कलन गर्नुपर्ने छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com