पेट्रोलियम पदार्थको मूल्य बढेपछि एकाएक पम्प बन्द

काठमाडौँ, १ जेठ । सरकारले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ ।

आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

यससँगै शनिबार राति एकाएक सिरहाका पेट्रोल पम्पहरु बन्द गरिएका छन् । बढेको मूल्यमा भोलिपल्ट अर्थात आज तेल बेच्ने मनसाय सहित उनीहरुले पम्प बन्द गरेका हुन् ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । ज

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com