मोरङको चार स्थानीय तहमा ५ वडाअध्यक्षसहित २६ जना निर्वाचित

विराटनगर, १ जेठ । मोरङका चार वटा स्थानीय तहमा वडाअध्यक्षसहित २६ जना निर्वाचित भएका छन् ।

कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । नेपाली काँग्रेसका दुई, नेकपा एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिकामा १ नं. वडाको वडाअध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी सुनवर्षी नगरपालिका १ मा काँग्रेसका विर बहादुर राईले १ हजार २ सय ११ मत ल्याएर वडाअध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए । धनपालथान गाउँपालिका १ मा माओवादी केन्द्रका खाजा हुसेन मीयाँले ५ सय ८२ मत ल्याएर वडाअध्यक्षमा जितेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com