पासाङल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयीः हालसम्म ७ पुग्यो (सूचीसहित)

काठमाडौँ, १ जेठ । सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् । अध्यक्षमा मिङ्मा छिरी शेर्पा २ हजार २८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १ हजार ६०९ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि एमालेकै टासी ल्हमु शेर्पाले २ हजार २३ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापा मगरले १ हजार ५८२ मत पाउनुभयो ।

५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ भने बाँकी चार वडामा नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट यस अघि मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ र डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयीहुनुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com