२३ पालिकाको नतिजा: एमाले १० मा विजयी, कांग्रेस पच्छ्याउँदै

काठमाडौँ, १ जेठ । अहिलेसम्म २३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १० वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन् ।

नेकपा एमाले विजयी भएका पालिकाहरु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्वर्वु गुरूङ, डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुङ गुरुङ, सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पा, बझाङको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहोरा, नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा तथा बझाङको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाहा विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु

मनाङको नार्पा भूमी गाँउपालिका कोन्जो तेन्जीङ लामा, मनाङको नासोँ गाउँपालिका धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिका मोहनसिंह लालचन, गुल्मीको रेसुङ्गा नगरपालिकामा खिलध्वmज पन्थी, गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की, गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद तथा हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र

डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिङ रोकाय, दैलेखको नौमुले गाउँपालिका अध्यक्ष छविराम, बाग्लुङ ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विक विजयी हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

डोल्पाको छार्का साङतोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ र डोल्पाको काइके गाउँपालिका अध्यक्ष अंगदकुमार राना विजयी हुनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com