मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सिरहा, १ जेठ । जिल्लाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दासको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो ।

भारतिय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com