भक्तपुर बन्यो कोरोनामुक्त जिल्ला

काठमाडौँ, २ जेठ । भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल भक्तपुरमा सक्रिय संक्रमितको संख्या शून्य भएको छ भने काठमाडौँमा ३५ र ललितपुरमा १२ छ । हालसम्म ३० जिल्ला कोरोनामुक्त भएका छन् ।

देशभर १३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण देखिएको छ भने ९ जना डिस्चार्ज भएका छन्  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com