प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने

 काठमाडौँ, ३ जेठ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने भएको छ ।

सभामुुख अग्निप्रसाद सापकोटाले अर्को बैठक जेठ ४ गते दिउँसो १ बजे बस्ने जानकारी दिए । प्रतिपक्षी नेकपा एमालेले गर्दै आएको संसद् अवरोध आजबाट खुलाएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीसम्बन्धि अध्यादेश र तेजाब तथा अन्य घातक रासयनिक पदार्थ नियमन अध्यादेश पेश गरेका थिए । त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मीको सुुरक्षासम्बन्धि अध्यादेश पेश गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी रेलवेय अध्यादेश पेश गरेकी थिइन् । त्यसैगरी अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ७९–८० को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com