कांग्रेस जिल्ला सभापति र मेयरका उम्मेदवारको वडामा एमालेको प्यानल नै विजयी

भक्तपुर, ३ जेठ । नेपाली कांग्रेस जिल्ला कार्य समितीका सभापति दुर्लभ थापा तथा कांग्रेसको तर्फबाट सूर्यविनायक नगरपालिकाको मेयरका उम्मेदवार निशान ढुंगेलको वडामा एमालेले सानदार जीत हासिल गरेको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज सूर्यविनायक नगरपालिका वडा नं. ५ मा कांग्रेसले आफ्नो पकट क्षेत्रको रुपमा हेरेको कटुञ्जेमा एमालेको तर्फबाट राजकुमार जोशीको नेतृत्वमा प्यानल नै विजय भएको छ । जोशीसँगै एमालेबाट महिला सदस्यमा कमला पोखरेल, दलित महिला सदस्यमा गीता बिसुन्के, खुल्ला सदस्यमा मनोज थापा र बासुदेव पोखरेल विजयी हुनु भएको छ ।

जोशीले २१ सय २१ मत प्राप्त गर्नुभयो भने गठबन्धनको तर्फबाट उपविजेता बन्नुभएका कांग्रेसका उम्मेदवारले १९ सय ८० मत प्राप्त गर्नुभयो । त्यस्तै नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बन्नुभएका बाशुदेव थापा र एमालेको तर्फबाट नै उपमयेरको उम्मेदवार बन्नुभएको सरिता भट्टराईले विजयको यात्रालाई दौडाइरहनुभएको छ । वडा नं. ५ बाट थापाले १७ साय ७० मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट ढुंगेलले २२१४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेको तर्फबाट भट्टराईले १८ सय १७ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेदवार श्याम बस्नेतले ९९५ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म नगरपालिकामा वडा नं. १, २, ३, ४ र ५ को मतगरणा सम्पन्न भइसकेको छ । बाँकी रहेका ६, ७, ८, ९ र १० मध्ये वडा नं. ६ मा कांग्रेसको केही मात्रामा पकट क्षेत्रको मानिएता पनि एमालेले जित्ने दावी गरिरहेको छ । बाँकी ७, ८, ९ र १० नं. वडा एमालेको गढका रुपमा लिइन्छ । जसमा एमालेले वडाध्यक्षमा वडा नं. १ र ५ मा विजयी हासिल गरेको छ भने कांग्रेसले २, ३ र ४ मा वडाध्यक्ष विजयी भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com