विमलेन्द्र निधिको वडामा काँग्रेसको लज्जास्पद हार
काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईनमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ ।
काँग्रेसका देवनारायण यादवलाई पराजित गर्दै लोसपाका बुलन यादव विजयी हुनुभएको छ । लोसपाले ८ मतान्तरले काँग्रेसलाई पराजित गरेको हो । लोसपाका बुलनले ७४९ मत ल्याएका छन् भने काँग्रेसका देवनारायणले ७४१ मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट बुलन विजयी हुनुभएको थियो । तर यसपटक काँग्रेसबाट टिकट नपाएपछि उहाँ लोसपाबाट चुनाव लड्नुभएको थियो ।