ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

पोखरा, ४ जेठ । पोखरामा ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका २९ आदर्शचोकमा हिजो साँझ ट्रक र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का २० वर्षीय नवीन थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २१ वर्षीय दिपेन्द्र रावतको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com