यी १५ ठाउँमा आज हुँदैछ निर्वाचन

काठमाडौँ, ४ जेठ । वैशाख ३० गते मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज मतदान हुने भएको छ ।

गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा आज मतदान हुन लागेको हो । रौतहटको देवी गोनाही नगरपालिका वडा नम्बर १ र २, गढीमाई नगरपालिका ३ र ६, बौधिमाई नगरपालिका १, २, ९ र गरुडा नगरपालिका वडा नम्बर ७, तनहुँको व्यास नगरपालिका वडा नम्बर ४, हुम्लाको चंखेली नगरपालिका वडा नम्बर २, बाराको पचरौता नगरपालिका नेरा प्रावि वडा नम्बर २, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा आज निर्वाचन हुन लागेको छ । निर्वाचन सम्पन्न भएपछि आजै ती स्थानहरूमा मतगणना प्रारम्भ हुनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com