विजय जुलुसको गाडी दुर्घटना, २४ जना घाइते

बुटवल, ४ जेठ । रुपन्देहीमा विजय जुलुसका व्यक्ति सवार एउटा गाडी दुर्घटना हुँदा करिब २४ जना व्यक्ति घाइते भएका छन् ।

बुधबार सिद्धार्थनगर नगरपालिका–१० को मतगणनास्थल भैरहवाको नमुना माविबाट गएको नेकपा (एमाले)को जुलुसमा सहभागी नेता–कार्यकर्ता सवार मिनिट्रक सिद्धार्थनगर–१०, शंकरपुरमा दुर्घटनामा परेको हो । मिनिट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com