मत परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भयो : नेता पुन

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको बताएका छन् ।

आज नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा संचारकर्मीहरुसग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।

उनले भने, “हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेण्डा देशमा स्थापित छ । त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ, “अपेक्षा यो भन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उमेदवारहरु मिलाउने, आन्तरिक मतभेदहरु मिलाउन सकिएन । आन्तरिक मतभेद मिलाउन सकेको भए यो भन्दा राम्रो हुन्थ्यो ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com