महेश बस्नेतको गृहपालिका सूर्यविनायकमा एमालेको सानदार जीत

भक्तपुर, ५ जेठ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको समयमा जिल्लाको सूर्यविनायक नगरपालिकामा एमालेले सानदार जीत हासिल गरेको छ ।

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहपालिका समेत रहेको सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा बाशुदेब थापा निर्वाचित हुनुभएको छ भने उपमेयर पदमा एमालेकै सरिता भट्टराई अत्याधिक मतका साथ विजयी हुनुभएको छ । नगरपालिकामा जम्मा ३५ हजार ५ सय ३१ मत खसेकोमा मेयर थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गरी विजयी हुनुभयो भने उपमेयर पदमा भट्टराईले १४ हजार ४ सय ९० मत प्राप्त गरी सानदार रुपमा विजयी हुनुभयो ।

त्यस्तै पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका निशान ढुंगेलले १३ हजार २ सय ३२ मत ल्याई पराजित हुनुभयो भने उपमेयर पदमा एकीकृत समाजवादी पार्टीका श्याम बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याई पराजित हुनभयो । भट्टराईसँगै गठबन्धनका उम्मेदवार बस्नेतले दोब्बरभन्दा कम मत मात्र प्राप्त गर्नुभयो । गठबन्धनबाट उपमेयर पदका बस्नेतले लज्जास्पद हार व्यहोर्र्नु परेको छ । यो सँगै सूर्यविनायकमा गठबन्धनलाई एमालेले पाँच वर्षको लागि विदाई गरेको छ ।

उपप्रमुख भट्टराईले नगरपालिकाका सवै वडाहरुमा गठबन्धनलाई पछाडी पार्दै अत्याधिक मतका साथ विजयी हासिल गर्नुभयो । वडाको नतिजा सार्वजनिक हुँदा एमालेको तर्फबाट उपमेयर पदका उम्मदेवार भट्टराईको प्रतिष्पर्धी नै नभएको जस्तै गरी विजय हासिल गर्नुभयो । कांग्रेसको जिल्ला सभापति दुर्लभ थापा तथा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार निशान ढुंगेलको वडामा समेत सानदार रुपमा हराउँदै भट्टराईले सानदार रुपमा एमालेको विजयी यात्रालाई लक्षित विन्दुमा पुर्याउनुभयो ।

नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ झिनो मतले विजयी हासिल गरेको छ । वडा सदस्यमा भने एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ । त्यस्तै कांग्रेसको गढ मानिएको वडा नं. ३ मा एमालेले एक सिट ल्याउन सफल भएको छ । त्यस्तै वडा नं. ४ मा तीन जना सदस्य एमालेबाट निर्वाचित हुनुभएको छ । वडा नं. ९ मा वडाध्यक्ष बाहेक तीन सदस्य एमालेले विजयी हासिल गरेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयर सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने गठबन्धनको तर्फबाट वडाध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com