एमसीसीबारे संसदमा भिम रावलले गरे प्रश्न – विवादास्पद प्रावधान हटाइएको प्रमाण खोइ पेश गरेको ?

काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभामा फेरि पनि डा. भिम रावलले एमसीसीको विषयमा प्रश्न उठाएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै डा.रावलले व्याख्यात्मक टिप्पणीसहित बहुमत संसदले पारित गरिएको भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको विवादास्पद प्रावधान सच्याइएको प्रमाण खोइ पेश गरेको भनेर प्रश्न गरेका छन् ।

रावले भने, ‘एमसीए नेपालको कार्यालय सञ्चालनको जिम्मेवारी समेत रहेको अर्थमन्त्रालयका मन्त्रीले प्रारम्भमा नै शिर ठाडो गरेर एमसीसी सम्झौताका राष्ट्रिय हित विपरितका, स्वाधिनता र संविधान विपरितका प्रावधानहरु व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरिएको भनिएको थियो । उक्त विवादास्पद प्रावधानहरु हटाइएको प्रमाण सरकारले खै पेश गरेको ?’ रावलले प्रश्न गरे ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com