पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

काठमाडौँ, ६ जेठ । सौन्दर्य प्रतियोगिताका आयोजकले नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।

काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको छ । प्रहरीका अनुसार पीडितलाई भेटेर टोलीले कुराकानी गरिरहेको र कानुनी रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com