काठमाडौँ-७ मा कांग्रेसको प्यानलै विजयी
काठमाडौँ, ८ जेठ । काठमाडौँ महानगरपालिकामाको वडा नम्बर–७ को मत परिणाम घोषणा गरिएको छ ।
सोअनुसार काठमाडौँ –७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनले दुई हजार ८६७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।