पुनर्वास-८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर, ८ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।

वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन् । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दीपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन् । उनिहरूले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com