बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा, ८ जेठ । धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको हो । बिदाको दिन सरकारी गाडी कुदाउन पाइँदैन । कार्यालय प्रयोजनमा कुदाउनै परे जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र कुदाउनुपर्ने प्रहरीले जनाएको छ ।

जाँचका क्रममा हिलेबाट १७ वटा, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटाबाट एक/एक वटा सरकारी गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकामध्ये चार पाङ्गे गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल रहेकाे प्रहरीले जनाएकाे छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com