ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ८ जेठ । सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ ।
त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ । हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com