ताप्लेजुङ घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिनेछ : गृहमन्त्री खाँण
काठमाडौँ, १० जेठ । गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन् ।
एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन् ।
उनले भने, ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’