स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङ प्रेस परियोजना अघि बढाइने

काठमाडौँ, १० जेठ । सरकारले आफ्नै भूउपग्रह (स्याटेलाइट) र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै (स्याटेलाइट) राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २० असोस २०७३ मा आह्वान गरेको आशयपत्रमा १२ देशका २२ वटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए ।

दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजनहरु विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकोमा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com