मोटरपार्टस फिटिङ गर्ने संचालक पक्राउ
मोरङ, ११ जेठ । गैरकानुनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक ३० वर्षीय सेख अलतफलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट अवैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरी विभिन्न किसिमका पानी तान्ने मोटर पार्टस, मेसिनरी पार्टसहरु ल्याइ फिटिङ गरी गैरकानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्डसमेत प्रयोग गरी लुकाई छिपाइ स्टोर गरी राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।