सत्तारुढ विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौँ, ११ जेठ । सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् ।

नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै निगममा घेराउ गरेका हुन् ।

उनीहरूले मूल्य वृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामासमेत माग गरेका छन् । निगमले आइतबार रातिदेखि लागू हुनेगरी एक लिटर पेट्रोलको १८० रुपैयाँ, मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com