एमाले हार्नुको प्रमुख कारण अन्तर्घात : अध्यक्ष ओली

काठमाडौँ, ११ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताउनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताउनुभयो । अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाउनुभयो ।

‘कांग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भन्नुभयो, ‘चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौं तर मेयर जित्न सकेनौं । यो अन्तर्घातको कारणले हो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com