आजको मौसम

काठमाडौँ, १२ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहाज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com