बस दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते १७ जनालाई राति नै उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनामा घाइते भएका अरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ । चालक सुरेन्द्र डाँगी क्षेत्रीलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com