बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १२ जेठ । काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका १ का ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com