सरकारलाई अध्यक्ष ओलीको प्रश्नः पेट्रोलियम पदार्थको मूल्य समायोजन नीति खै ?

काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले एकै हप्तामा दुईरदुई पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेकोमा विरोध गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको संसदमा बोल्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाउँदा महँगी बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले १५/१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो भने सरकारलाई प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्य बढेको छ । मूल्य समायोजनको नीतिको सट्टा यही महिना एक हप्तामा १०र१० रुपैयाँ मूल्य बढ्या छ । भोट खसाल्ने दिनसम्म चुप लागेर बसेर भोट खसालेको भोलिपल्ट मूल्यवृद्धि गरियो । प्रतिलिटर २० रुपैयाँ हप्तामा मूल्य बढेपछि यसको असर समग्र क्षेत्रमा पर्ने भयो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com