राष्ट्रिय सभाअन्तर्गतका समितिमा सदस्य मनोनयन

काठमाडौँ, १२ जेठ । राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरेको छ ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। मनोनयनअनुसार दीगो विकास तथा सुशासन समितिमा सांसदहरू कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरू नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहेका छन् ।

बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरू युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहेका छन् । त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरू दुर्गा गुरूङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे रहेका छन् ।

राष्ट्रिय सभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की (अछामी) लाई पठाइएको छ । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com