प्रदेश र संघको चुनाव मंसिरभित्र गरिसक्नुपर्छ : उपाध्यक्ष पौडेल
काठमाडौँ, १४ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उपाध्यक्ष पौडेलले वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका हुन् ।
वउनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’ उनले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह समेत गरेका छन् ।