दाङमा गोली चल्यो, एक जनाको मृत्यु
दाङ, १४ जेठ । दाङमा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमा सिकार खेल्न गएका लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको मृत्यु भएको हो ।
घटनापछि ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पड्किएको प्रहरीको भनाइ छ ।