बलात्कार गरेको आरोपमा एकजना पक्राउ

ओखलढुंगा, १४ जेठ । ओखलढुंगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई पक्राउ गरेको हो । ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको आरोप छ ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com