कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

काठमाडौँ, १५ जेठ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा फिल्मले आवेदन दिएका थिए । जसमध्ये उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो ।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी थिइन् । उनी कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार बनेकी छिन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com