सरकारले मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

सरकारले अर्थतन्त्र लयमा आउन थालेको जनाएकाे छ । अर्थमन्त्री शर्माले कोभिडका कारण ध्वस्त भएको अर्थतन्त्र लयमा आउन थालेको बताए । कोरोना संक्रमण, रुस र युक्रेनको युद्ध तथा आयातमा आधारित अर्थतन्त्रका कारण केही चापमा रहेको भने उनले स्वीकारे ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com