विमान दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टम गर्न काठमाडौँ ल्याइने

काठमाडौँ, १६ जेठ । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ ।

आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको बताइएको छ । दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।

शव काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको । आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com