लालबाबु पण्डितले भने हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो ?

काठमाडौँ, १८ जेठ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारलाई एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो भनेर प्रश्न गरेका छन् ।

आजको प्रतिनिधि सभा संसदको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् ।
उनले बजेटले ठूला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । उनले भने, “काठमाडांैबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने रु के भन्न खोजेको कति छुट्याएको हो बजेट रु”

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाएर निजी क्षेत्र पोस्न खोजेको हो भन्दै प्रश्न गरे । उनले कुनै पूर्वाधार नभएको क्षेत्रमा मेडिकल खोल्नका लागि बजेट गएको तर, पूर्वाधार भएको स्थानमा सञ्चालन खर्च मात्र दिए पनि मेडिकल कलेज चल्ने भए पनि त्यहाँ बेवास्ता गरिएको उनको भनाइ छ

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com