समाचार

लैनचौरस्थित सहिद स्मारकमा प्रधानमन्त्रीः सहिदको शालिकमा फूलमाला अर्पण



काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद सप्ताहको अन्तिम दिन लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन ।

श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गरे ।

सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ । रासस