अमेरिकी सैनिकको मृत्युको बदला लिने ट्रम्पको घोषणा

एजेन्सी, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिँदै अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका हुन् । आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाले हाल एक विशाल सैन्य अभियान सुरु गरिरहेको जानकारी दिए ।…