रमेश गिरी, भक्तपुर, जेठ १६। सरकारले आर्थिक वर्ष २०७७्०७८ मा भक्तपुर जिल्लामा ठूला आयोजना सञ्चालनमा ल्याउने भएको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा भक्तपुरमा महत्वाकाङ्क्षी ठूला आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएपछि यसको कार्यान्वयन तत्काल शुरु गर्ने तयारी भएको छ । प्रतिनिधिसभा सदस्य…