काठमाडौं, २ माघ । प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ ।
नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किए ।
नोपलमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख र २ जना विज्ञसहितको टोली बुधबार भारत गएको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्