सम्पादकीय

राज्यले सहयोग नगरेपनि दशकअघिका उजुरी निखन्दै मानवअधिकार आयोग



काठमाडौं, २ माघ । राज्य पक्षबाट पूर्ण रुपमा सहयोग नपाउँदा काम गर्न समस्या भएको गुनासो राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ ।
सहयोग नपाउँदा धेरै पुरानो उजुरी पनि अहिले आएर हेर्नुपरेको आयोगको भनाइ छ ।

आयोगका सिफारिस कार्यान्वयन र घटना अनुसन्धनमा सरकार पक्षबाट अपेक्षित सहोग नभएको हो । आयोगले १० बर्ष अघि परका उजुरी बल्ल अहिले आएर टुंगो लागाएको छ ।

घटना विवरण अनुसार २०५९ पुस १८ मा कैलालीको भजनीमा भागीराम चौधरी खेतमा पानी लगाउन गएका थिए । सुरक्षाफौजले माओवादी खोज्दै गएको उनलाई थाहा थिएन ।

एक्कासी बन्दुक बोकेका सुरक्षाकर्मी देखेर चौधरी डरले भाग्न थाले । उनलाई गोली हानियो, त्यहीँ ढले । चौधरी दाहोरो फायरिङमा मारिएका सुरक्षाकर्मीले बताए । २०६३ माघ १० मा राष्ट्रिय मानवअधिकार आयोगमा चौधरीको परिवारले घटनाबारे उजुरी गर्यो ।

१० बर्षपछि बल्ल आयोगले अनुसन्धान गरी टुंगो लगाएको छ । पुराना घटनाका प्माण नस्ट भइसकेका हुनाले अनुसन्धानम अप्ठेरो पर्ने आयोगले बताएको आजको नागरिकमा समाचार छ ।